सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

काठमाडाैं | पुस ८, २०८०

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ ।

 

जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । 

 

 

यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ । 

 

पछिल्लो पटक गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।  सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । 

 

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्